प्रेस विज्ञप्ति

श्रावण १७, २०७८

मोटरसाइकल र स्कूटरको विश्वकै सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पको स्थापना तथा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्ग सँगको सहकार्य १० बर्ष पूरा गरेको छ ।
हिरो मोटरसाईकल तथा स्कूटर प्रति विश्वास गर्दै नेपालमा सफलतापर्वक स्थापित गरि दिनुहुने सम्पूर्ण ग्राहक महानुभाव तथा शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
यस उपलक्ष्यमा हाम्रा ग्राहकहरुसँग खुशियाली बाँड्न हामीले विशेष योजना ल्याएका छौं । यस योजना अन्तर्गत हिरोको कुनैपनि मोटरसाईकल वा स्कुटरको खरिदमा रु.५०००÷– छुट उपलब्ध गरिएको छ भने सर्भिसिङ्गमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग फ्री पाउनेछन ।
यो योजना यही श्रावण २५ गते (अगस्ट ९) सम्म लागु रहेनेछ ।