मिति – २०७१–११–१४

हिरो मोटरकर्प लि. भारतको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ काठमाडौंले स्पोर्ट्स बाइक पारखी युवाहरुका लागि नयाँ लुक्स र नविनतम प्रवधियुक्त नयाँ हिरो एक्स्ट्रिम स्पोर्ट्स ल्याएको छ ।

कम्पनीको अनुसार १५.४ पिएसको उत्कृष्टशक्ति भएको यो नयाँ एक्स्ट्रिम स्पोर्ट्समा स्ट्रिटफाइटरको लुक्स् र ग्राफिक्स छ भने यसमा अत्याधिक तेजिलो हेडल्याम्प पनि रहेको छ । स्पोर्टी राइडिङ्ग पोजिशनको लागि यो बाइकमा चौंडा ह्याण्डलबार तथा यसको अगाडि र पछाडि डिस्क ब्रेक पनि रहेको छ ।

यो मोटरसाईकललाई नयाँ स्पोर्टी लुक्स् र नयाँ विशेषताका साथमा बजारमा प्रस्तुतगरिएको छ । नयाँ LED टेल लाइट, पछाडिको चक्का सडकसँग मजबुतीका साथ समात्ने गरी फराकिलो टायरको साइजको व्यवस्थाको कारणचिप्लिने संभावनालाई न्यूनगर्ने हुँदा यसले चालकलाई सुरक्षित बनाउँछ । यस बाहेक डिजिटल मिटर कन्सोलमा साइडस्ट्याण्ड इन्डिकेटर राखिएकोले चालकलाई अझ सुरक्षित बनाएको छ भने यसको आकर्षक ट्यांकी, हेडलाइट तथा भाइजरको नयाँ बनावट, ट्यूबलेस टायर, डिजाइन जस्ता आकर्षक विशेषता हुँदा युवा वर्गको माझ यो अझ लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

हाल यो मोटरसाईकलमा ५ वटा रङ्गमा (Panther Black, Fiery Red, Mercuric Silver, Pyro Orange, Black & Red)) उपलब्ध छन् र यसको बिक्री मूल्य मू.अ.कर समेत रु. २,२१,५००/- (Single Disc) र रु. २,३०,०००/- (Double Disc) कायम गरिएको जानकारी पनि कम्पनीले दिएको छ ।

bike_xtreme-sports