मिति – २०७०-१२-३०

हिरो मोटरकर्प लि. भारतको आधिकारीक विक्रेता श्री नेपाल जेनरल मार्केटिङ्ग प्रा.लि., ज्योति भवन, कान्तिपथ काठमाडौंले आफ्ना स्कूटर पारखी ग्राहकहरुको लागी नयाँ लुक्स र नविण्तम प्रवधि युक्त नयाँ Pleasure स्कूटर र युवा पुस्तालाई लक्ष्य गरि नयाँ स्पोर्टि लुक्स र नयाँ विशेषता भएको Xtreme, मोटरसाईकल एकै पल्ट बजारमा ल्याएको छ ।

कम्पनिका अनुसार नयाँ Pleasure स्कूटरलाई नयाँ लुक्समा प्रस्तुत गरिएको छ । यस्मा चालकलाई थप सुरक्षित बनाउन नयाँ ब्रेकिङ्ग सिस्टम (Integrated Braking System) अपनाएको छ । जस्ले दायाँ र बायाँको कुनै लिभरलाई दबाएमा अगाडि तथा पछाडिको चक्कामा बे्रक लाग्ने नयाँ प्रविधि जडान गरिएको छ । साथै साईड स्टेण्ड इण्डिकेटर मिटरमा रखिएकोले पनि यस्लाई अझ सुरक्षित बनाएको छ । महिला चालकहरुलाई आफ्नो विविध सामानहरु सुरक्षित साथ राख्न अगाडि lockable compartment रहेको र यस्को भित्र ग्राहकले आफ्नो मोवाईल पनि सुरक्षित साथ चार्ज गर्न सकिने जानकारी कम्पनिले दिएको छ । यस्को साथ साथै सिट मुनिको compartment मा पनि बत्ती जडान गरि ठूलो ठाउँको व्यवस्था गरिएको छ जस्मा आफ्नो व्याग सहित रेनकोट, हेल्टमेट सुरक्षित साथ राख्न सकिने र यस्लाई अगाडिबाटै खोल्न सकिने गरि व्यवस्था गरिएको छ । यस्तै स्कूटरको दुवै चक्कामा ट्यूबलेस टायर, अलोई व्हीलस्को साथमा ६ वटा नयाँ 2 Tome आकर्षक कलर (Orange, Blue, Green, Purple, Black, Red, Silver, White र Red and White)ले स्कूटरलाई अझ बढि आकर्षित गरेको छ । यस्को बजार मूल्य मू.अ.कर सहित रु. १,५१,५००/- (Metal Sheet)र रु. १,५४,५००/- (Cast Wheel)कायम गरिएको कम्पनिले जनाएको छ ।

यस्तै अर्काे नयाँ मोडल Xtreme मोटरसाईकललाई नयाँ स्पोर्टि लुक्स् र नयाँ विशेषताका साथमा बजारमा प्रस्तुत गरिएको छ । नयाँ LED टेल ल्याम्प, पछाडिको चक्का सडकसगँ मजबुटले समाट्ने गरि फराकिलो टायरको साईजको व्यवस्थाको कारण चिप्लिने संभावनालाई न्यून गर्ने हुंदा चालकलाई सुरक्षित बनाउँछ । यस्को अलावा डिजिटल मिटर कन्सोलमा साईड स्टेण्ड इन्डिकेटर राखिएकोले चालकलाई अझ सुरक्षित बनाएको छ, साथै आकर्षक टेकिं, हेडलाईट तथा भाईजरको नयाँ बनावट, टुयूवलेश टायर, 3D logo design र मोवाईल चार्जरको व्यवस्था गरेको हुंदा युवा वर्गको माझ लोकप्रिय हुने विश्वास कम्पनिले गरेको छ । यस्मा भएको नयाँ प्रविधि Engine Immobilizer ले मोटरसाईकललाई थप सुरक्षित बनाएको छ । अर्थात यस्मा मोटरसाईकलको साथमा आउने सक्कली साँचोले मात्र यो मोटरसाईकलको हेण्डल लंक खुल्ने र स्टार्ट गर्न सकिने हुंदो मोटरसाईकल चोरी हुनबाट सुरक्षित गराउँछ । हाल यो मोटरसाईकलमा ५ वटा रङ्गमा (Orange, Blue, Black Silver, Red) उपलब्ध हुने छन् र यस्को विक्री मूल्य मू.अ.कर समेत रु. २,१३,५००/- (Single Disc) र रु. २,२२,०००/- (Double Disc) कायम गरिएको जानकारी पनि कम्पनिले जनाएको छ ।

scooter_pleasurebike_xtreme